मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत काठमाडौंमा उनीहरूले केही दिन अगाडि सम्बन्धबिच्छेद गरेका हुन् ।

राईले श्रीमती साङबुहाङ राईलाई एक घर र पचास लाख नगद दिने सहमति गरेका छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । राजेशपायलले नै अदालतमा सम्बन्धबिच्छेदका लागि मुद्दा दायर गरेको र सहमतिमा सम्बन्धबिच्छेद गरेको जनाइएको छ । राई दम्पतीका एक दुई वर्षीय छोरा छन् । छोराको भरणपोषणका लागि राजेशले मासिक १५ हजार रुपैयाँ पनि दिनेछन् । यस्तै काठमाडौंमा रहेको एक घडेरी पनि दिने सहमति भएको जनाइएको छ ।

आफूभन्दा करिब २६ वर्ष कान्छी साङबुहाङसँग लिभिङटुगेदरमा बसेपछि छोरा जन्मिएको थियो । छोरा जन्मिएपछि राजेशले बिहे दर्ता गरेका थिए । र बिहे दर्ता गरेको दुई वर्षमै उनीहरूबीच सम्बन्धबिच्छेद भएको हो ।

 

तपाईको प्रतिक्रिया