Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए ।

उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे । उनले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताए । उनले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए । उनले विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको बताए ।

कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए । कोशी सरकार ढले मध्यावधिमा जाने उनको भनाइ छ । उनले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताए । उनले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गरे ।

 

तपाईको प्रतिक्रिया