Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हिजो बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन आज पनि १ हजारले बढेर फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ। यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो। मंगलबार भने ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो। हिजो बुधबार १ लाख ३३ हजार पुगेको थियो।

चाँदीको पनि मूल्य बढ्दै गएको छ। हिजो बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी आज १ हजार ६५० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया