Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज चैत २२ गते विश्वासको मत लिने हुनुभएको छ। फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो ।

गत फागुन अन्तिम साता नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारबाट हटेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । ३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिराखेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो।

अल्पमतमा रहनू भएका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहनू भएको छ । खास गरेर उहाँले राप्रपालाई मनाइ रहेको बुझिएको छ । यद्यपि, सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखा परेकाले उहाँले उन्मुक्तिकै केही सदस्यबाट मत पाउन नसक्ने सम्भावना पनि देखिएको छ ।

तपाईको प्रतिक्रिया