Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । काठमाडौँ महानगरपालिकाका सहकारी शाखा प्रमुख बलराम त्रिपाठीले दिएको जानकारी अनुसार हिजो बुधबार महानगरको टोली साइ स्वागत सहकारी पुगेको थियो। महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो ।

बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याइएको छ। यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो ।

महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो। सो सहकारीविरुद्ध परेको उजुरीमा बचतकर्ताको ५ करोड बराबरको रकम फिर्ता नभएको उल्लेख छ।

 

तपाईको प्रतिक्रिया