Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सहकारी प्रकरणपछि पार्टीले टिकट नदिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने बाटो बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यो बाटो बन्द गरिएकोमा आफूलाई चिन्ता लागेको भनी व्यंग्य गरे ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै बजगाईँले कांग्रेसले टिकट नदिएपछि अवसर खोज्दै जाने ठाउँ रास्वपा थियो भनेका हुन् । ‘कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को जाने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय अवसरको ठाउँ बनेको थियो । सहकारीको कारणले त्यो पनि बन्द हुने अवस्था छ । मलाई साथीहरू देखेर साह्रै चिन्ता लागेको छ,’ उनले भने ।

बजगाईँले अनैतिक काम गरेपछि सामान्यतया कम्पनीमा आबद्धलाई एमडीले सचेत गराउने गरेको बताए । तर, हिजो सहकारीको व्यवस्थापनमा रहेकाले त्यो काम नगर्दा रास्वपामा संशय पैदा भएको बताए । उनले बूढीगण्डकीमा माछा मार्नेहरूले कर्मचारीलाई माछा पठाएपछि परियोजना बन्ने आशा राखेको व्यंग्य पनि गरे ।

तपाईको प्रतिक्रिया