Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराह्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् । बुधबार प्रदेश प्रमुख भट्टले संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागी दलहरूलाई अवसर दिएका हुन् ।

उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

तपाईको प्रतिक्रिया