Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीको विवाद झनझन उग्र बन्दै गएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई प्रदेशसभा सांसदबाट कारबाही गरेकी छिन् । उनले कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएकी छिन् ।

नाउपाका सात प्रदेशसभा सदस्यमध्ये पाँच जना कमल शाह नेतृत्वको सरकारमा मन्त्री छन् । उनीहरू मन्त्री बनेपछि रञ्जिताले सरकारबाट फिर्ता हुन लिखित निर्देशन समेत दिएकी थिइन् । यस्तै स्पष्टीकरण सोधेकी थिइन् । तर, सांसद गिरीले स्पष्टीकरण नदिएको भन्दै उनलाई कारबाही गरिएको श्रेष्ठले बताएकी छिन् ।

गिरी समानुपातिक सांसद हुन् । अब प्रदेशसभाका सभामुखले उनको पद रिक्त भएको जानकारी गराए उनी पदमुक्त हुनेछिन् । त्यसपछि उनको स्थानमा अर्को सांसद निर्वाचित गर्ने बाटो खुल्नेछ ।

तपाईको प्रतिक्रिया