Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडा क्रिकेट एसोसियसनविरुद्ध २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भारतको वापीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो ।

बरोडाका भानु पानियाले ३८ रन बनाए पनि हार टार्न सकेनन् । बाबा खानले २७, विष्णु सोलान्कीले २५ र अमित पासीले १४ रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अभिनाश बोहराले समान दुई विकेट लिँदा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो ।

 

तपाईको प्रतिक्रिया