Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ललितपुरको ढोलाहिटी हत्या घटनाका पाँचौँ आरोपित राजु गुरुङले आत्मसमर्पण गरेका छन् ।

चैत गते फागुपूर्णिमाको राति ललितपुर महानगरपालिका-२६ स्थित ढोलाहिटीमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका-१३ का २८ वर्षीय रेवश राईको हत्या भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा खोटाङको साकेला गाउँपालिकाका ३१ वर्षीय विजय राईसहित चारजना सोही दिन राति पक्राउ परेका थिए । राजु फरार थिए । तेह्रथुमका राजुले जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेर मंगलबार आत्मसमर्पण गरेका हुन् ।

तपाईको प्रतिक्रिया