बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रेशम चौधरी पक्षबाट डाकिएको बैठक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आधिकारिक नभएको बताएकी छन् । सोमबार एक सूचना जारी गर्दै रेशम चौधरी पक्षका महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गते बस्ने बैठकमा महत्वपूर्ण विषयमा छलफल हुने भन्दै पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।

आज मंगलबार एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पार्दै पदाधिकारी र सदस्यहरूलाई पत्र पठाएकी हुन् ।

 

तपाईको प्रतिक्रिया