Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पारेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतिनिधिसभाको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने, ‘व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि व्यापक छलफल हुने नै छ ।’

मन्त्री तामाङले निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको सरोकारको विषय भएकाले यस सम्बन्धमा मन्त्रालयबाट चालिने कदम राष्ट्रिय हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे । सांसद सुवालले पर्यटनमन्त्रीसमक्ष निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपातलाई अन्त्य नगरी निगमलाई व्यवस्थापन करार दिने प्रक्रिया किन सुरु गरियो भनी प्रश्न सोधेका थिए ।

पर्यटनमन्त्री तामाङले निगमभित्रको आर्थिक अनियमितता भ्रष्टाचार र अक्षमता अन्त्य गर्न मन्त्रालय दृढ रहेको विश्वास व्यक्त गरे । उनले भने, ‘निगम नेपालको महत्वपूर्ण सार्वजनिक संस्थान हो । निगमको संस्थागत सुधार, व्यावसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने गरी मन्त्रालयले सुधारको पहलकदमी लिएको छ, विभिन्न समिति गठन गरेर सुझाव लिँदै कार्यान्वयनमा लगिएको छ ।’

निगमले सार्वजनिक क्षेत्र भएको हैसियतले क्षेत्राधिकारमा रहेर निगमले काम गरिरहेको, निगमले बिनाप्रतिस्पर्धा कुनै पनि निकायसँग कुनै पनि किसिमको काम नगर्ने र काम गर्नुपरे कानुनबमोजिम पारदर्शी ढङ्गले गर्ने उनले बताए । मन्त्री तामाङले हवाई टिकटमा कालोबजारी हुनुहुन्न भन्ने मन्त्रालयको स्पष्ट निर्देशन रहेको र कुनै कमजोरी भएको पाइए कानुनी दायरामा ल्याइने बताए ।

तपाईको प्रतिक्रिया