सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडेर प्रश्न उठ्दैमा आत्तिनुनपर्ने बताएका छन् । संसद् भवनअगाडि मंगलबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताउँदै उनले भने, ‘प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’

मंगलबार नागरिक दैनिकले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले सहकारीको रकम अपचलन गरेको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा शिर्षककमा प्रश्नचिन्ह राखेर लेखिएको उल्लेख गर्दै उनले प्रमाणित गरेको कि प्रश्न उठाएको भनेर सोधका छन् ।

उनले थपे, ‘समाचार आएपछि पुग्यो ! हेडलाइनमा एउटा प्रश्नचिन्ह राखेर… ठगीमा भनेर प्रश्न राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि, भन्नु नपर्ने ?’

तपाईको प्रतिक्रिया