Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका हुन् ।

उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको तस्बिर फेसबुकमा हालेका छन् । आज ‘जनमतबार’ भन्दै साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् ।

तपाईको प्रतिक्रिया