Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – समाजवादी मोर्चाले आज काठमाडौंमा वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा फेरि अर्को सभा गर्न लागेको हो

मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्यान्ह १२ बजे बृहत अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । मोर्चामा आवद्ध चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएयता समाजवादी मोर्चालाई सत्ता रक्षा गर्ने कवजका रूपमा निरन्तर सक्रिय बनाउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया