Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन्। ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले सोमबार पुनः विश्वासको मत लिएका हुन्। साेमबार उनले मागेकाे विश्वासकाे मतमा ५६ जना सांसदले उनको पक्षमा मतदान गरे।

प्रस्तावको पक्षमा ५६ मत पर्दा विपक्षमा ३७ मत खसेको प्रदेशसभाका सभामुख भुवन पाठकले जानकारी दिए। उनको पक्षमा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ जनाले मतदान गरे।

१५ सांसद भने तटस्थ बसेका छन्। नेपाली काँग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो ।

 

 

तपाईको प्रतिक्रिया