Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

बागलुङ – प्रेस सेन्टर नेपाल बागलुङ शाखाले स्वर्गीय पत्रकार विक्रम परियारको घर परिवारलाई आर्थिक सहयोग गरेको छ । बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर-५ का पत्रकार विक्रम परियारको घर परिवारलाई प्रेस सेन्टर बागलुङ जिल्ला शाखाले बिहीबार घरमै पुगी ३० हजार नगद रकम सहयोग गरेको हो ।

प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थमन थापाको नेतृत्वमा पार्टी तथा जन वर्गीय सङ्गठनहरूको सक्रिय सहयोगमा सङ्कलन गरिएको रकम स्वर्गीय पत्रकार परियारको घरमै पुगेर नगद ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थमन थापा, सेन्टरका बागलुङ जिल्ला सदस्य जगचन्द्र बिक (वसन्त) लगायतको टोलीले पत्रकार परियारका आमा रश्मि नेपालीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थमन थापाले २ दिनमा आफूहरूले यो सानो सहयोग रकम उठाउन सफल भएको र घरपरिवारलाई थोरै भए पनि मलमपट्टी होस भनेर आफूहरूले सहयोग गरेको बताउँदै पत्रकार परियार प्रति श्रद्धाञ्जली अर्पण गरे ।

उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जीवन केसी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य वसन्त बाठा मगर, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सृजना कार्की‚ सचिव उर्मिला गौतम तथा रेडियो पूर्वी रुकुमका पत्रकारहरूको उपस्थिति रहेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सृजना कार्कीले गरेकी थिइन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जीवन केसीले दुखको यो समयमा सहयोगी हात बढाएर यहाँसम्म पुगेको भन्दै प्रेस सेन्टर नेपाल बागलुङ शाखालाई धन्यवाद दिए । विक्रमको दु:खद निधनले घर परिवारसँगै सिङ्गो पार्टी कमिटी र जिल्लावासीलाई मर्माहत बनाएको बताउँदै आगामी दिनहरूमा पनि आर्थिक तथा भौतिक सहयोग गर्न नेकपा माओवादी केन्द्र तथा पार्टीको सबै जन वर्गीय सङ्गठन निरन्तर लाग्ने उनले बताए ।

रुकुम पूर्वका २३ वर्षीय पत्रकार विक्रम सहित नौ जनाको यही चैत्र ५ गते रुकुम पश्चिम बाट काठमाडौँ लागि छुटेको बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ जाउले पानीमा दुर्घटना हुँदा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया