टोकियो – गुल्मेली समाज जापानले नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा साकुरामुनी नोमिखाई तथा शुभकामना आदानप्रदान गर्ने भएको छ । प्रदेशमा व्यस्त समयको बावजुत सामाजिक काममा अग्रसर गुल्मेली समाज जापानले नेपालीको नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान गर्न लागेको हो ।
यही अप्रिल ०६ तारिख शनिबार दिउँसो १ बजे जापानको प्रख्यात पर्यटकीय स्थल उएनो पार्कमा प्रकृतिको वरदान जापानको पहिचानको रूपमा रहेको साकुरा फुलेको साकुराको रुखमुनि बसेर नोमिखाई गरी नेपाली नयाँ वर्ष मनाउन लागिएको जानकारी समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिए । गुल्मेली तथा इच्छुक नेपालीलाई सहभागिता जनाउन सकिने उनको भनाई छ ।
प्रदेशमा रहेर नेपाली नेपालीबीच आत्मीय सम्बन्ध बढाउन, एक आपसमा परिचित हुन्, सामाजिक कार्यमा हातेमालो गर्न कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष इन्द्र थापाले बताए । एक आपसमा सहयोग आदानप्रदान गर्न कार्यक्रमले सहयोग गर्ने मात्रै नभएर नयाँ सन्देश दिनेसमेत थापाले जानकारी दिए ।
गुल्मेली समाज जापानले विभिन्न अवसर पारेर सहयोगी कार्य, रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको जानकारी समाजका सह कोषाध्यक्ष टिकु बिलवले जानकारी गराए ।