Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारमा जाने नेपालीको तलब कम्तीमा मासिक एक लाख हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा उनले रोजगारीको लागि विदेश जाने नेपालीहरूले भनेजस्तो काम र कम्पनी नपाएको बताएका हुन् ।

विदेशमा रहेको नेपालीको दुःख सरकारले बुझ्न सक्नुपर्ने उनले बताए । ‘वैदेशिक रोजगारमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाखसम्म लिएर पठाएरहेको छ । कतिले काम पाइरहेका छैनन् । कतिले भनेको कम्पनी पाइरहेका छैनन्,’ उनले भने, बेरोजगार भएर जेलमा बस्न परेको छ यसको पहलकदमी सरकारले लेओस भन्न चाहन्छु । विदेश पठाउँदा कम्तीमा एक लाख बराबरको तलब तोकियोस् भन्ने कुरा राख्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया