Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताबीच कुटाकुट भएको बताइएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

पार्टीका संरक्षक एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका पतिसमेत रहेका रेशमलाल चौधरी र उनकै पत्नीका कार्यकर्ताबीच विवाद भएपछि कुटाकुट भएको छ । स्रोतका अनुसार चौधरी दम्पत्तिबीचको विवादले पार्टी नै विभाजनको मुखमा पुगेको छ। यसैक्रममा नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको हो ।

काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको थियो । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए । नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको बताइन्छ ।

विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् । नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ ।

रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् । यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबिच दूरीसमेत बढेको छ । तर उनीहरूले सो कुरा अस्वीकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया