Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४ रुपैयाँ ७६ पैसाले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मूल्य १७४ रुपैयाँ प्रतिलिटर भएको छ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने इन्डियन आयल कर्पोरेसनले घटाएर पठाएको छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३९ पैसा, हवाई इन्धनको मूल्य ३८ पैसा तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसाले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको आयल निगमले जानकारी दिएको छ ।

नयाँ मूल्य आज आइतबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया