शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपालले गुजरातलाई ८ विकेटले हराएको छ। त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपालले गुजरातलाई आठ विकेटले पराजित गरेर नेपालले विजयी शुरूआत गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर सजिलै पूरा गरेको हो।

नेपालका लागि रोहित पौडेलले ३३, अनिल साहले ३२, कुशल भुर्तेलले १७ र आशिफ शेखले १६ रन बनाए। गुजरातका लागि हेमाङ्ग पटेल र तेजास पटेलले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन बनाएको थियो। गुजरातका लागि रुद्र पटेलले २३, हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईंले ११ र स्मित पटेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न पनि सकेनन्।

त्यस्तै, नेपालका लागि गुल्सन झाले चार, करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए। प्रतियोगितामा नेपाल र गुजरातसँगै बरोडको टोली पनि प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया