आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रवि लामिछाने र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएकाे छ ।आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्।

मेयर साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त श्रोत–साधनको माग गरेका छन् । भेटमा गृहमन्त्री लामिछानेले अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्रीको भनाइ छ । गृहमन्त्री लामिछानेले माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख गुनासो गरेका थिए ।

 

तपाईको प्रतिक्रिया