Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक विधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको हो ।

अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ । अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा देशद्रोही, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्ट्रिय सुरक्षा कानुन पारित गरे पछि यो कदम चालेको हो ।

संयुक्त राज्य अमेरिकाका अनुसार सो नयाँ राष्ट्रिय सुरक्षा नीति बनाउन संलग्न ती अधिकारीहरूले ‘अधिकार र स्वतन्त्रता’ नदिने खोज्ने जिम्मेवार अधिकारीहरूलाई नयाँ भिसा प्रतिबन्ध लगाउनेछ । चीनको शासित क्षेत्रमा कडा राष्ट्रिय सुरक्षा कानुन लागू भएको केही दिन पछि अमेरिकाले यो कदम चालेको हो ।

सो नयाँ कानुनको धारा २३ मा उल्लेख गरिएको व्यवस्था अनुसार सरकारको विरोध गर्नेहरूले अब कथित देशद्रोही, जासुसी, राजद्रोह र हङकङको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप जस्ता अभियोगको सामना गर्नु पर्ने हुन्छ । नेतृत्व प्रति सबै प्रकारका असहमतिलाई रोक्न सो कानुनले बाटो खोलेको थियो ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने, ‘यो कानुन हङकङ भित्र असहमतिलाई दबाउन र विदेशमा कार्यकर्ताहरूलाई धम्की दिने चीनको अभियानलाई अगाडि बढाउन प्रयोग गर्ने देखिएको छ ।’

जसका कारण हङकङका धेरै अधिकारीहरूलाई अधिकार र स्वतन्त्रता दिन नखोजेको कारणको जिम्मेवार रहेको ठहर गर्दै नयाँ भिसा प्रतिबन्ध लगाउने कदम चालिरहेको छौँ, ब्लिन्केनले भने।

बेलायतले १९९७ मा सो शहर चीनलाई हस्तान्तरण गरेको थियो, त्यसपछि सो क्षेत्र चीन शासित क्षेत्रको रूपमा रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया