आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रूसमा श्रम स्वीकृति खोलिएको भनी संसदमा प्रश्न उठेको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न माग गरिन् ।

‘युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?,’ सांसद पौडेलको प्रश्न छ, ‘युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस् । मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।’

उनले देशभर महिलाको हत्या भइरहेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन् । ‘युवतीको ज्यान गएको छ । हत्या गरिएको छ, गृहमन्त्री के हेरेर बस्नुभएको छ ? एक हप्तामा सात/आठ जना युवतीको हत्या भएको छ, के हेरेर बसेको छ सरकार ,’ उनको प्रश्न छ ।

 

तपाईको प्रतिक्रिया