आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – पोखराको लेखनाथमा भएको बस दुर्घटना अहिले चर्चामा छ । बसका चालक र सहचालक घाइते भएको सो दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको हो ।

शनिबार बिहान ग १ ख ८६८० नम्बरको बस आरुपाटाबाट पोखरा आउँदै गर्दा बिहान साढे ९ बजे दुर्घटनामा परेको थियो । माथिल्लो घुम्तीमा ब्रेक फेल भएर तल्लो घुम्तीमा पुगी दुर्घटना हुँदा बस ठडिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा खस्दा बस ठडिएको बताए । दुर्घटना परी घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया