Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले आज साँझ पद तथा गोपनीयताको शपथ गराए। थपलिया दोस्रो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन्। उनले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

तपाईको प्रतिक्रिया