शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै १८४ रन बनाएको थियो ।

नेपालका लागि सर्वाधिक रन देव खनालले बनाए । देव २५ बलमा ४७ रन बनाएर आउट भए । त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ३ विकेट लिए भने फिओन हान्ड र थोमस मायेसले २-२ तथा माथ्यु फोस्टर र ग्यारेथ डेलानीले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्वाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्वाधिक ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए ।

यस अघि शुक्रबार सम्पन्न खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो । योसँगै आयरल्याण्ड वोल्भ्सले तीन खेलको सिरिजमा २-० को अग्रता हासिल गरेको छ र सिरिज जितेको पनि छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

तपाईको प्रतिक्रिया