आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ ।

जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) को नेताबाट राजीनामा दिएका छन् । एक ५७ वर्षीया महिलालाई पनि कथित अपराधको सम्बन्धमा सहयोग र दुरुत्साहन गरेको अभियोग लगाइएको छ ।

उनीहरू दुवैलाई बिहीबार बिहान पीएसएनआई जासुसहरूले पक्राउ गरेका थिए, त्यो आरोप लगाउनु अघि उनीमाथि सोधपुछ गरिएको थियो । सर जेफ्रीले आफूले कडाइका साथ आरोपहरूविरुद्ध लड्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् । तर, उनी र ५७ वर्षीया महिलालाई अर्को महिना अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया