सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका २८ लेखनाथस्थित अर्चलेमा आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदैछ ।
चालक र सहचालकमात्र रहेको बस दुर्घटनामा परेको हो ।

बस दुर्घटना भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ ।

तपाईको प्रतिक्रिया