सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ । प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन् । उनीहरूको परिचय खुल्न बाँकी छ । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाई छ ।

मुग्लिन प्रहरीका अनुसार उक्त ट्याक्सी मुग्लिन पुग्न एक किलोमिटरअगाडि दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । उनीहरु काठमाडौंमा आफन्तको दाहसंस्कार गोरखा फर्किँदै गरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया