शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार तत्काल छाड्न सांसदलाई निर्देशन दिएकी छन् । आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पत्र लेखेर समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी हुन् ।

टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनी समेत दिएकी छन् ।

पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन् । चैत १४ गते पार्टी कार्यालय टीकापुरमा बसेको बैठकले प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिए पनि पालना नभएपछि पुन: ध्यानाकर्षण गराइएको हो ।

तपाईको प्रतिक्रिया