शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अनेरास्ववियुकी निलम्बित स्थायी कमिटी सदस्य रक्षा बम हाजिर जमानीमा छुटेकी छन् । आपराधिक लाभ लिएको अभियोगमा पक्राउ परेकी उनी हाजिर जमानीमा छुटेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार थुना बाहिर नै राखेर अनुसन्धान गर्न सकिने भएकाले सरकारी वकिल कार्यालय काठमाडौंमार्फत छाडिएको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले गत मंगलबार पक्राउ गरेको थियो ।

रक्षाविरूद्ध एक जना महिलाले जाहेरी दिएकी थिइन् । उनी पक्राउ परेपछि नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले स्‍थायी कमिटी सदस्य बमलाई निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया