शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई निस्कासन गरेको छ । सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै लिम्बुलाई आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जनाएका हुन् ।

लिम्बु प्रेस सेन्टरको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए । उनी माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेर निर्वाचनको तयारीमा होमिएका थिए । उनै लिम्बुलाई रास्वपाले बिहीबार उम्मेदवार बनाउने निर्णय गरेको थियो । संगठनको ‘नीति, विधि, विधान र आचरण विपरीत’ काम गरेको आरोप प्रेस सेन्टरको आरोप छ ।

तपाईको प्रतिक्रिया