सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ जना सदस्य काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने दुबै जना ब्राजिलियन नागरिक भएको लागु औषधि नियन्त्रण ब्युरोले शुक्रवार जनाएको छ । पक्राउ पर्नेहरुमा ब्राजिलियन नागरिकहरु लारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा भेल डोस सान्तोस छन् ।

उनीहरुलाई ठमेलको एक होटलबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १३ चैतमा पक्राउ गरेको हो । सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको पनि थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम राखेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरुको पेटमा थप क्याप्सुलहरु रहेको देखिएको भन्दै प्रहरी अस्पताल समेत पठाइएको थियो । अस्पताल लगेर ६५ ग्राम कोकिन निकालिएको थियो ।

पक्राउ परेका दुबै जनाले ब्राजिलको सापाउलोबाट कोकिनका क्याप्सुलहरु निलेर ल्याएको खुलेको ब्यूरोका एसपी रामेश्वर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया