सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत १९ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । गत फागुन २३ गते नेपाली काङ्ग्रेसले समर्थन फिर्ता दिँदै सरकारबाट मन्त्रीहरु बोलाएपछि जम्मकट्टेल नेतृत्वको बागमती सरकार अल्पमतमा परेको थियो । सरकारमा कांग्रेसका ६ सांसद थिए ।

पछिल्लो गठबन्धन अनुसार नेकपा (एमाले)सहितका दलको समर्थन रहेपछि मुख्यमन्त्री जम्कट्टेलले यही १९ गते विश्वासको मत लिने भएका हुन् । सो बारे माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको छ । माओवादीका मुख्य सचेतक रत्न ढकालले आज सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् ।

 

तपाईको प्रतिक्रिया