सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको (वाइडबडी) जहाजमा प्राविधिक समस्या आएको छ । बिहीबार राति उडेको वाइडबडी ए-३३० मा जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएको हो ।

जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । ‘नाइनएन-एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड छ,’ उनले भने ।

आरए-२३९ उडान नम्बरको उक्त जहाजमा दोहा जाने २ सय ६५ यात्रु थिए । काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हो । जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन-एएलजेडले सो जहाजका यात्रु लिएर उडेको प्रवक्ता झाले बताए । हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको बताइन्छ ।

तपाईको प्रतिक्रिया