Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

काठमाडौं – जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला परेकी छिन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरको बाथरुपमा मृत फेला परेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बाथरुपमा भेटिएकी उनलाई श्रीमान् डा. कविराज भण्डारीले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा उनलाई फेला पारिएको श्रीमानले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको बिदामा बसेको बताइन्छ । प्रतिमाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् । रातो बंगला स्कुल पढेकी उनले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी थिइन् ।

रातो बंगला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अंक ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् । डा. प्रतिभाका श्रीमानले आत्महत्या गरेको दाबी गरेपनि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया