Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिवसमेत रहेका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो ।

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बू र डा. शेष नारायण न्यौपाने रहेका थिए । बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बू उम्मेदवार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया