शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । यस्तै माओवादीले पनि उम्मेदवार उठाउने निर्णय गर्दा रास्वपा उम्मेदवार तय गर्न आन्तरिक निर्वाचनमा जुटेको छ । इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

तपाईको प्रतिक्रिया