शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको शल्यक्रिया सम्पन्न भएको छ । राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा हाइपर प्याराथाइरोइडको सफलतापूर्व शल्यक्रिया सम्पन्न भएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ । डा. राणा विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाहअनुसार भारतमै फलोअप उपचार गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया