Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालका लागि बेलायती राजदूत रोब फेनले बिहीबार नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्। बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध र आगामी दिनमा नेपाल र बेलायतबीच गर्न सकिने सहकार्यका क्षेत्रबारे छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा राजदूत फेनले जाजरकोट भूकम्प क्षतिको पुनर्निर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने आश्वासन दिएका छन्। यस्तै नेपालको विकाश निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा बेलायत सरकार रहेको पनि राजदूत फेनले जानकारी दिएका छन्।

गृहमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गराउँदै उनीहरूले उठाएका मुद्दा बेलायत सरकारबाट न्यायोचित सम्बोधन हुनेमा आफू आशावादी रहेको बताएका थिए।

 

तपाईको प्रतिक्रिया