शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा अवतरण गरिएको छ । धनगढीबाट काठमाडौं उडेको झन्डै अढाई घण्टापश्चात् भैरहवामा अवतरण गरेको हो ।

जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेको थियो । काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर अवतरण भएको थियो । ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । काठमाडौंमा अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि आकाशमै होल्ड गरी भैरहवामा अवतरण गर्नुपरेको हो ।

तपाईको प्रतिक्रिया