शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा शुरु हुँदैछ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा नेपाली समय अनुसार विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुँदै छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका हुन् ।

 

तपाईको प्रतिक्रिया