बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको हो,’ उनले भने, ‘अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसूर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो । बमलाई एकजना युवती रश्मिला धामीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया