Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड गराएको भन्दै व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमा बुधबार एक पोस्ट गर्दै बालेनले २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो ।

तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदन समेत दिएको छ । यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनीले लिएको छ ।

  • बालेनले भनेका छन् :-

२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, सङ्घीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्यो सम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यही जानकारी दिन बोर्ड राखेका थियौँ ।त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चैँ देखेछन् । समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले कथित अल्टिमेटमको समय सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कूटनैतिक नोट लेखेछन् । यही नजर वर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।

तपाईको प्रतिक्रिया