Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज बुधबार भेटवार्ता भएको छ । बुधबार बिहान राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए । जवाफमा राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको बताएका थिए । राजदूत थम्पसनले अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रीत रहेको पनि बताएका थिए ।

नेपालको धार्मिक सदभाव, एकता उत्कृष्ट रहेको बताउँदै राजदूत थम्पसनले नेपालबाट चोरी भएर अमेरिका पुऱ्याइएका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठ मन्दिरमा पुन:स्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराएका थिए ।

 

तपाईको प्रतिक्रिया