मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्थामा फेला परेको थियो ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए ।

अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया