Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल (गोपी) हमालकी छोरी आरती फेला परेकी छन् । सोमबारदेखि सम्पर्कविहीन भएकी उनी बुधबार सकुशल फेला परेकी हुन् ।

ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएकी थिइन् । साथीबाट सम्पर्कविहीन भएको जानकारी पाएको मेयर हमालले खोजी गरिदिन सार्वजनिक आग्रह गरेका थिए ।

सबैको सहयोगमा छोरी फेला परेको मेयर हमालले सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाइ दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसँगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’

तपाईको प्रतिक्रिया