Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिएकी छन् । छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् । आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले हिजो खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए।

हमालले फेसबुकमा लेखेका छन्-

सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु। खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।

तपाईको प्रतिक्रिया